|
|
Left Content
|
|
|
|
|
|
|
| |
| |
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी
अंश...
|
| |
| |
विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस ।
नेपालचाइना न्यूज बाँकी
अंश... |
| |
| |
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी
अंश...
|
| |
| |
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी
अंश...
|
|
|
|
|
| |
|
|
Details Page
|
अन्य पत्रपत्रिकाहरूका समाचार
|
|
टेलिकम सबैभन्दा ठूलो करदाता, सूर्य नेपाल दोस्रो
कारोवार दैनिक समाचार
|
|
|
२०६३।०६४ देखि नै टेलिकम अग्रणी
हिमालयन र एभरेष्ट बैंक ठूला १० करदाताबाट हटे
युनाइटेड स्पिरिट्स नेपाल र राष्ट्रिय बिमा संस्थान थप
कमला थापा
काठमाडौं, ११ साउन
सरकारलाई कर बुझाउने ठूला करदातामध्ये गत आर्थिक वर्षमा पनि नेपाल टेलिकमले सबैलाई पछाडि पारेको छ । ९ अर्ब ६८ करोड ८५ लाख कर तिरेर टेलिकम पहिलो नम्बरमा परेको हो ।
अघिल्लो वर्षभन्दा २६ प्रतिशतले बढी राजस्व तिरेर टेलिकम लगातार चौथो पटक ठूला करदातामध्ये पहिलो नम्बरमा रहेको हो । अघिल्लो वर्ष टेलिकमले ७ अर्ब ६३ करोड, २३ लाख कर बुझाएको थियो । सरकारले ठूला करदाताहरूको विवरण अद्यावधिक गर्न थालेको आर्थिक वर्ष २०६३÷०६४ देखि नै टेलिकम अगाडि रहेको छ ।
आन्तरिक राजस्व विभागले उपलब्ध गराएको गत आवको असार मसान्तसम्मको राजस्व संकलनका आधारमा सूर्य नेपाल प्रालिले ४ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ कर बुझाएर दोस्रो नम्बरमा परेको छ । सूर्य नेपाल अघिल्लो वर्ष १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ राजस्व बुझाएर तेस्रो नम्बरमा थियो ।
यो वर्ष सूर्य नेपालले बुझाउने राजस्वमा २ सय २२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब ८१ करोड ५४ लाख राजस्व बुझाएर दोस्रो नम्बरमा रहेको स्पाइस नेपाललाई यो वर्ष सूर्य नेपालले प्रतिस्थापन गरेको हो । स्पाइस यो वर्ष चौथो नम्बरमा परेको छ ।
गोर्खा बु्रअरी प्रालि यो वर्ष २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ राजस्व बुझाएर तेस्रो नम्बरमा पुगेको छ । गोर्खा बु्रअरी अघिल्लो वर्ष ७८ करोड ६० लाख बुझाएर चौथो नम्बरमा थियो । यो बु्रअरीको अघिल्लो वर्षभन्दा २ सय १२ प्रतिशतले राजस्व वृद्धि भएको थियो ।
स्पाइस नेपालले यो वर्ष २ अर्ब ७ करोड ६३ लाख रुपैयाँ राजस्व बुझाएको छ । यो कम्पनीको अघिल्लो वर्षको तुलनामा सरकारलाई बुझाएको राजस्वको वृद्धिदर १४ प्रतिशत छ ।
अघिल्लो वर्ष सातौं स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक ४१ प्रतिशतको वृद्धिसहित पाँचौं नम्बरमा आएको छ । यो वर्ष इन्भेस्टमेन्टले ७९ करोड ९ लाख रुपैयाँ सरकारलाई बुझाएको छ । अघिल्लो वर्ष इन्भेस्टमेन्टले ५६ करोड ८ लाख रुपैयाँ राजस्व बुझाएको थियो । अघिल्लो वर्ष पाँचौं नम्बरमा रहेको नबिल बैंक यो वर्ष छैटौं नम्बरमा पुगेको छ । अघिल्लो वर्ष ६३ करोड ४ लाख राजस्व बुझाएको नबिलले यो वर्ष ७५ करोड ६० लाख रुपैयाँ बुझाएको छ ।
नबिलले अघिल्लो वर्षभन्दा १९ प्रतिशतले बढी राजस्व बुझाएको हो । अघिल्लो वर्ष ५९ करोड ८६ लाख कर तिरेर छैटौं स्थानमा रहेको स्टान्डर्ड चार्टर्डले यो वर्ष ६६ करोड ५३ लाख कर बुझाएर सातौं स्थानमा झरेको छ ।
अघिल्लो वर्ष बढी कर बुझाउने १० कम्पनीमा नपरेको मदिरा उत्पादक कम्पनी युनाइटेड स्पिरिट्स नेपाल प्रालिले यो वर्ष सरकारलाई बुझाउने करमा अघिल्लो वर्षभन्दा २ सय ६४ प्रतिशतले वृद्धि गरी आठौं नम्बरमा चढेको छ । कम्पनीले अघिल्लो वर्ष १७ करोड ५८ लाख राजस्वमात्र बुझाएकामा यो वर्ष ६२ करोड १ लाख रुपैयाँ पुगेको छ ।
ठूला करदातामध्ये अघिल्लो वर्ष आठौं स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक यो वर्ष नवौं स्थानमा झरेको छ । यो बैंकले अघिल्लो वर्षभन्दा १० प्रतिशतले बढी राजस्व बुझाएको हो । अघिल्लो वर्ष ५५ करोड ७५ लाख रुपैयाँ राजस्व बुझाएको रावा बैंकले यो वर्ष ६१ करोड २० लाख रुपैयाँ राजस्व बुझाएको छ ।
त्यसैगरी सरकारलाई कर बुझाउने ठूला करदातामा यो वर्ष राष्ट्रिय बिमा संस्थान पनि थपिएको छ । अघिल्लो वर्ष २२ करोड ४८ लाख रुपैयाँ राजस्व बुझाएको संस्थानले अघिल्लो वर्षभन्दा १ सय ४५ प्रतिशत बढी अर्थात् ५४ करोड २४ लाख रुपैयाँ राजस्व बुझाएर १० औं नम्बरमा उक्लिएको छ ।
सरकारले वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीलाई ठूला करदाताअन्तर्गत राखेको छ । ठूला करदाताको संख्या गत आर्थिक वर्षको असार मसान्तसम्म ४ सय १४ पुगेको ठूला करदाता कार्यालयले जनाएको छ । अघिल्लो वर्ष ३ सय २७ वटा ठूला करदाता रहेकामा यो वर्ष १ सयवटा थपिएका हुन् ।
लगातार ३ वर्षसम्म २५ करोडभन्दा कम कारोबार गर्ने १२ वटा कम्पनी गत आर्थिक वर्षमा ठूला करदाताबाट हटेका छन् ।
|
|
| प्रकाशित
मिति :
2010-7-28
-
04:03
|
|
|
|
|
|
Ads
| |
| |
| |
| |
| |
| |
| |
| |
Right_stuff
|
|
| |
|
|
|
|
|
|
|
|
Forex
|
Currency |
Buy |
Sell |
| Chinese Yuan |
10.91 |
11.00 |
| US Dollar |
74.54 |
75.14 |
| Pound Sterling |
107.59 |
108.47 |
| |
|
|
|
Gold Silver Prices
|
Types |
Weight(gms) |
Prices |
| तेजाबी सुन |
12 |
35831 |
| छापावाल सुन |
12 |
36041 |
| असली चांदी |
12 |
557 |
|
|
|
|
Weather
| |
| City |
Max |
Min |
|
Kathmandu |
31.1 |
12.0 |
|
Pokhara |
30.2 |
17.5 |
|
Nepalgunj |
38.9 |
16.6 |
|
Nagarkot |
0.0 |
0.0 |
|
Biratnagar |
38.7 |
26.0 |
|
| |
|
|
| City |
Max |
Min |
|
Bejing |
0 |
0 |
|
Lasha |
0 |
0 |
|
Sanghai |
0 |
0 |
|
|
|
|