|
|
Left Content
|
|
|
|
|
|
|
| |
| |
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी
अंश...
|
| |
| |
विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस ।
नेपालचाइना न्यूज बाँकी
अंश... |
| |
| |
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी
अंश...
|
| |
| |
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी
अंश...
|
|
|
|
|
| |
|
|
Details Page
|
|
जन्डिस सम्बन्धी जानाकारी
डा. सुधांशु केसी
|
|
नेपालमा जन्डिसको प्रकोप वर्षभरि नै रहे पनि वर्षायामको सुरुवातसँगै एक प्रकारको जन्डिस देखा पर्छ । जन्डिसको शंका लाग्नेबित्तिकै खाना बार्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि वर्ष दिनसम्म जारी रहन्छ । समाजमा जन्डिसबारे सयजना मानिसले पाँच सयथरीका कुरा सुनाउने गर्छन् । अत्तालिएर अनेक किसिमका उपचार पद्धति अपनाउँदा गलत उपचार गरेर बिरामीको अवस्था झन् बिग्रन पनि सक्छ । तसर्थ, यस सम्बन्धी सही र गलत धारणा बारे जानकारी राख्नु सबैका लागि अत्यन्त जरुरी देखिन्छ ।
जन्डिसका लक्षण
जन्डिस कुनै रोग नभई विभिन्न रोगमा देख्न सकिने लक्षण मात्र हो । जन्डिस कलेजोको रोग भन्ने अवधारणा जनमानसमा पाइएको छ । रगतमा विलिरुविनको मात्रा बढेर आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई जन्डिस भनिन्छ । वयस्कमा विलिरुविन “एक” हुनु र “पाँच” हुनुमा कुनै फरक पर्दैन । विलिरुविन बढ्दै गएमा विलिरुविन बढाउने रोग बढ्दै गइरहेको हुन सक्छ ।
जन्डिस र कलेजो
जन्डिस कलेजोको मात्र रोग होइन । कलेजोका विभिन्न रोगहरूमा जन्डिस लक्षणको रूपमा देखिन्छ । कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्त-नलीको क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, अरू अंगको क्यान्सर कलेजोमा फैलिएमा हुन सक्छ ।
जन्डिस र आयुर्वेद
धेरै मानिसमा के भ्रम छ भने, जन्डिस आयुर्वेदले ठीक पार्ने रोग हो । अरू सबै रोगमा एलोप्याथीलाई विश्वास गरे पनि आँखा पहेँलो देख्नेबित्तिकै त्यो विश्वास डग्मगाउँछ र आयुर्वेद शरणमा जाने गर्छन् । जन्डिसको कुनै उपचार गर्नु पर्दैन । उपचार त जन्डिस गराउने रोगको गर्नुपर्छ । रोग निको भएमा जन्डिस आफैं निको हुँदै जान्छ । त्यसैले Bilirubin एकभन्दा माथि देखिने बित्तिकै उपचारका लागि दौडिनु र उपचार गरिदिनु दुवै गलत कुरा हो । जन्मजात रोग गिलबर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, डुबिन जोनसन सिन्ड्रोम, आदिमा Bilirubin बढी भए पनि कुनै उपचार गर्नुपर्दैन । अन्यथा जन्डिस गराउने सबै किसिमका रोगको उपचार एलोप्याथिक उपचारमा छ ।
जन्डिस र खानपिन
हाम्रो समाजमा जन्डिस भन्ने बित्तिकै गाजर, मुला, काँक्रो, उखुको रस र मेवा पर्यायवाची नै भइसके । उसिनेको खाना, नुन नहालेको वा कम हालेको र बेसार नहालेको खाना प्रायः जन्डिस भएका व्यक्तिको खाना भइसकेको छ । जुनसुकै कारणले जन्डिस भए पनि यो क्रम प्रायः ६ महिना वा त्यसभन्दा बढी चलेको पाइन्छ । खाना बार्नाले हानी हुन सक्छ । क्यान्सरको कारणले जन्डिस भएमा त्यसमा खाना बारेर ठीक होला त ? जुनसुकै कारणले जन्डिस भए पनि बार्नुपर्ने एउटै कुरा हुन्छ- रक्सी र रक्सीजन्य पदार्थ । अनि, कम गर्नुपर्ने कुरा चिल्लो पदार्थ हो । किनभने चिल्लो पदार्थ पचाउन पित्तले मद्दत गर्छ र जन्डिस भएको अवस्थामा चिल्लो पदार्थको पाचन समस्या केही हदसम्म देखिन्छ । जन्मजात जन्डिस र रगतको रोगको कारणले भएको जन्डिस (हेमोलाइटिक जन्डिस) मा कुनै किसिमको खाना बार्न जरुरी हुँदैन । पिरो र अमिलो खानेकुराको जन्डिससँग कुनै सम्बन्ध छैन ।
जन्डिस र हेपाटाइटिस
जन्डिस लामो भयो भने हेपाटाइटिस, त्यसमा पनि हेपाटाइटिस ‘बी‘ हुन्छ भन्ने अवधारणा जनमानसमा पाइन्छ । हेपाटाइटिस भनेको कलेजोको रोग हो । यस अवस्थामा जन्डिस देखिन सक्छ । तर, जन्डिसको कारणले हेपाटाइटिस भने हुँदैन । क्यान्सर अथवा पत्थरीको कारणले पित्तको नली लामो समयसम्म बन्द भएमा त्यसले कलेजोको रोग निम्त्याउन सक्छ ।
जन्डिस र पानी
सामान्य अवस्थामा भन्दा जन्डिस भएको वेलामा बढी पानी अथवा झोल पदार्थको जरुरत पर्न सक्छ । तर, यो सबै रोगमा लागू हुँदैन । जस्तै- कलोजोको सिरोसिस भएको वेलामा देखिने जन्डिसमा पानी धेरै पिउनाले पेटमा पानी जम्ने, खुट्टा सुनिने हुन सक्छ । मुटुको रोगको कारणले कलेजो सुन्निएर जन्डिस देखापरेको अवस्थामा पनि धेरै पानी हानिकारक हुन सक्छ । यदि पानीबाट सर्ने हेपाटाइटिस ‘ए‘ र ‘ई‘ को कारणले गर्दा जन्डिस भएमा दिनको २-३ लिटरसम्म पानी अथवा झोल पदार्थ पिउँदा राम्रो हुन्छ । थप १० लिटर पिएर अधिक फाइदा पक्का हुँदैन ।
जन्डिस र यौनसम्पर्क
जन्डिस र यौनसम्पर्कको कुनै सम्बन्ध छैन । यदि हिपाटाइटिस ‘बी‘ र ‘सी‘ को कारणले जन्डिस भएको छ भने पुरुषले कन्डोम प्रयोग गर्दा सर्ने समस्या न्यूनीकरण हुन्छ ।
[लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।]
स्रोतः नया पत्रिका
|
|
| प्रकाशित
मिति :
2010-7-10
-
08:39
|
|
|
|
|
|
Ads
| |
| |
| |
| |
| |
| |
| |
| |
Right_stuff
|
|
| |
|
|
|
|
|
|
|
|
Forex
|
Currency |
Buy |
Sell |
| Chinese Yuan |
10.91 |
11.00 |
| US Dollar |
74.54 |
75.14 |
| Pound Sterling |
107.59 |
108.47 |
| |
|
|
|
Gold Silver Prices
|
Types |
Weight(gms) |
Prices |
| तेजाबी सुन |
12 |
35831 |
| छापावाल सुन |
12 |
36041 |
| असली चांदी |
12 |
557 |
|
|
|
|
Weather
| |
| City |
Max |
Min |
|
Kathmandu |
31.1 |
12.0 |
|
Pokhara |
30.2 |
17.5 |
|
Nepalgunj |
38.9 |
16.6 |
|
Nagarkot |
0.0 |
0.0 |
|
Biratnagar |
38.7 |
26.0 |
|
| |
|
|
| City |
Max |
Min |
|
Bejing |
0 |
0 |
|
Lasha |
0 |
0 |
|
Sanghai |
0 |
0 |
|
|
|
|